२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अञ्जिला’बारे भ्रम छरिएको भन्दै विज्ञप्ति सार्वजनिक



काठमाडौं
चलचित्र ‘अञ्जिला’बारे भ्रम छरिएको भन्दै विज्ञप्ति सार्वजनिक गरिएको छ ।
चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सले विज्ञप्ती प्रकाशन गरेर अन्तर्राष्ट्रिय प्रदर्शनबारे सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाइरहेका भन्दै असन्तुष्टि जनाएका हुन् ।
प्रेस विज्ञप्ति अनुसार, हालसम्म जापान, कोरिया, क्यानडा, र हङकङ बाहेक अन्य कुनै पनि देशको वितरण तथा प्रदर्शन अधिकार बिक्री गरिएको छैन । सामाजिक सञ्जालमा विश्वव्यापी रूपमा चलचित्र प्रर्दशन गर्न लागेको दाबी गरिरहेको पाइएको, जुन पूर्ण रूपमा भ्रामक र आधारहीन रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली चलचित्र ‘अञ्जिला’ले दोस्रो हप्तासम्म निरन्तर प्रर्दशन भइरहेको छ । चलचित्र हाल देशभरका १ सय ७० भन्दा बढी हलमा प्रर्दशन भइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र ‘अञ्जिलाको शीर्ष भूमिकामा एन्जिला आफैले अभिनय गरेकी छिन् । चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राईले एञ्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निभाएकी छन् । सुमिन गुरुङले दाजुको भूमिका, सुनिल थापाले कोचको भूमिका निभाएका छन् । साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ३ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।