१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


रसुवाको गोसाईकुन्डमा ग्रामीण चलचित्र महोत्सव



काठमाडौं
रसुवाको गोसाईकुन्डमा ग्रामीण चलचित्र महोत्सव हुने भएको छ ।
सेलिब्रेटी नेपालले विज्ञप्ती प्रकाशन गरेर चौंथो नेपाल ग्रामीण चलचित्र महोत्सव वैशाख ४ देखि ६ सम्म गोसाईकुन्ड रसुवामा हुने जानकारी दिइएको छ ।
पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पु¥याउने उद्देश्यले महोत्सव आयोजना हुन लागेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार महोत्सवमा डकुमेन्ट्री, छोटो चलचित्र,फिचर चलचित्र र भाषाभाषीका चलचित्रहरुलाई समाबेश गरिनेछ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्रहरू स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ ।
महोत्सवमा कथ्यशैलीसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता चलचित्र बनाउने र कस्ता चलचित्रले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठीहरु समेत गरिने योजना रहेको उनी बताउछन् ।दर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका चलचित्रहरूलाई विश्वमाझ पु¥याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको सापकोटाले बताए ।

 

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ३ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।