१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सबैभन्दा महँगो अभिनेता बने अल्लु अर्जुन



एजेन्सी । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन भारतको सबैभन्दा महँगो अभिनेता बनेका छन्। अल्लु अर्जुनको पुष्पा २ बक्स अफिसमा हाई लेभलको ‘बेन्चमार्क’ स्थापित गरिदिएको छ ।अहिले अर्जुन नयाँ फिल्मलाई लिएर चर्चामा छन्। फिल्मको नाम हाललाई ‘ए ६’ राखिएको बताइएको छ। यो फिल्मबाट अल्लु अर्जुनले ठूलो रकम लियएको बतायएको छ। यो पारिश्रमिक लिएपछि उनी भारतको सबैभन्दा महँगो अभिनेता बनेका छन् ।

भारतिय सञ्चार माध्यमहरुका अनुसार अल्लु अर्जुनले ‘ए ६’का लागि १७५ करोड भारु लिएका छन् । यस फिल्मबाट उनी आज भारतमा सबैभन्दा धेरै पैसा लिने अभिनेता बनेको खबरहरू छापिएका छन् ।

रिपोर्टका अनुसार अल्लु अर्जुनले यस आगामी परियोजनाको लागि प्रोडक्सन हाउससँग १७५ करोड रुपैयाँको सम्झौतामा हस्ताक्षर गरेका छन् । त्यसपछि उनले फिल्मको नाफामा १५ प्रतिशत हिस्सा पनि पाएका छन् ।

अल्लु अर्जुनको यो फिल्मलाई सन पिक्चर्सले निर्माण गरिरहेको छ । यो आगामी दुई महिना भित्र घोषणा हुन सक्नेछ । फिल्मका लागि अभिनेताले निर्माताहरूलाई २०२५ को अगष्टदेखि समय दिएको बताइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०८१, आइतबार  ४ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।