काठमाडौं । गायक तथा निर्देशक प्रकाश सपुतको डेब्यु फिल्म ‘वसन्त’ ले प्रदर्शनको पहिलो पाँच दिनमा घरेलु बक्सअफिसबाट १ करोड १६ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ।
सामाजिक कथावस्तुमा आधारित यो चलचित्रले अपेक्षा अनुसार ओपनिङ नभए पनि, स्थिर र सकारात्मक प्रतिक्रिया बटुल्दै प्रदर्शनमा अगाडि बढिरहेको छ। प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको फिल्मले जातीय समानता र सामाजिक न्यायको विषय उठान गरेको छ। दर्शकहरूबाट प्राप्त समीक्षाहरूले फिल्मको कथा, अभिनय र निर्देशनको तारिफ गरिरहेका छन्।








प्रतिक्रिया