ललितखबर
राजधानीमा औपचारिक कार्यक्रम गरेर चलचित्र ऊनको स्वीटरमा समावेस ‘काफ्ले’ गीत सार्वजनिक गरिएको छ ।
चलचित्र क्षेत्रमा दर्शकले मन पराएका जोडी विपिन अधिकारी र मिरुना मगरको अभिनय रहेको भिडियोमा गीत जत्तिकै मिठो अभिनय देख्न सकिन्छ ।
दृश्यमा विपिन र मिरुनाको गाँउले परिवेस र नोकझोक हेर्न लायक छ । युवराज काफ्ले र झुमा लिम्बुको स्वर रहेको गीतमा लिम्बुनी र बाहुन युवकको आवाज मिसिएको अनुभव हुन्छ ।
युवराज काफ्लेको शब्द, झुमा लिम्बुको सङ्गीत तथा झुमा लिम्बु र सुजन चापागाईँको स्वर रहेको छ ।
चलचित्रका निर्देशक नवीन चौहानले ‘काफ्ले’ शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको बताए । “यो गीतलाई पनि हामीले यथार्थपरक शैलीमा प्रस्तुत गरेका हौँ,” चौहानले भने ।
अभिनेता विपिन कार्कीले चलचित्रमा ‘धरणीधर काफ्ले’को भूमिका निर्वाह गरेका छन्, जसका लागि काफ्ले थर हुनेहरूको संस्कृतिको अध्ययन एवं अनुसन्धान समेत गरिएको थियो ।
निर्देशक चौहानले थपे, “यो दुई घण्टाको म्युजिक भिडियो होइन, यो चलचित्र नै हो भन्ने महसुस गराउन अहोरात्र खटेको छु।“
गीतकार युवराज काफ्लेले आफ्नो थरलाई गीतमार्फत ब्रान्डमा बदल्ने पुरानो सपना पूरा भएको बताए । “सोचेको थिएँ, काफ्ले थरलाई ब्रान्ड बनाउँछु । आर्टमाण्डू टिमसँग यात्रा सुरु गर्न पाएँ र सपना पनि पुरा हुन लाग्दा खुसी छु,“ उनले भने ।
सङ्गीतकार तथा गायिका झुमा लिम्बूले भनिन् “यो गीतमा मेरो बाल्यकाल पनि भेटाउँछु ।
गीतका गायक सुजन चापागाईँले ‘ऊनको स्वीटर’ गीतको संरचना वर्णन गर्दै धेरै रङका धागाहरूलाई बटुलेर ’ऊनको स्वीटर’ बनाएको बताए ।
चलचित्रका प्रमुख अभिनेता विपिन कार्कीले फिल्ममा काम गर्नु रमाइलो अनुभव भएको बताए । “अटो भर्ने कुरामा आफ्नै याद आउँछन्,“उनले अनुभव सुनाए, “यस चलचित्रमा कतिपय आफ्नै अनुभव पनि छन् ।“
अभिनेत्री मिरुना मगरले यस गीतसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताइन्् । भनिन् “यो गीतसँग मेरो एक किसिमको भावनात्मक सम्बन्ध छ ।
फिचर चलचित्र ‘ऊनको स्वीटर’ विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको छ भने चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय छ ।
चलचित्र ऊनको स्वीटर वैशाख २६ गतेबाट देशभर प्रर्दशनको तयारीमा छ ।








प्रतिक्रिया