२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बिगुल’ को गीतमा काँग्रेस महामन्त्री बिश्वप्रकाशको शब्द संगीत



कुशल राजनीतिज्ञका साथै गीतसंगीतमा समेत निकै दख्खल राख्ने बिश्वप्रकाश दाईको शब्द,संगीतप्रति नतमस्तक छु

काठमाडौं
चलचित्र ‘बिगुल’मा काग्रेस महामन्त्री बिश्वप्रकाशको शब्द संगीत दिउका छन् ।
समसामयिक सामाजीक तथा राजनीतिक बिषयमा निर्माण हुन लागेको चलचित्र ‘बिगुल’ को एउटा गीतमा नेपाली काग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले संगीत दिएका हुन् ।
रमेश कोइरालाको निर्देशनमा निर्माण हुने चलचित्रको ‘आउ यस्तो देश बनाऔं’ बोलको गीत बुधबार अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको हो । चर्चित गायक राजेश पायल राईको स्वरमा रहेको सो गीतको शब्द पनि महामन्त्री शर्माले रचेका हुन् ।
‘महामन्त्री शर्माले निकै सान्दर्भीक शब्द र मिठासपूर्ण संगीत सृजना गर्नुभएको छ,’ निर्देशक कोइरालाले भने,‘‘बिगुल’मा यो गीतको उपस्थिति निकै अर्थपूर्ण छ ।
कुशल राजनीतिज्ञका साथै गीतसंगीतमा समेत निकै दख्खल राख्ने बिश्वप्रकाश दाईको शब्द,संगीतप्रति नतमस्तक छु ।’ उनले ‘बिगुल’ ले आम दर्शकमा मनोरञ्जनका साथै राष्ट्र र राष्ट्रियताको बिषयमा चेतना जागृत गराउन प्रयत्न गर्ने बताए ।
म्याग्नेलिया गु्रप प्रालिको ब्यानरमा निर्माण हुने ‘बिगुल’ मा नरेन खड्का,बेनिशा हमाल,रमेश बुढाथोकी,गीता अधिकारी,सुमोद भारद्वाजलगायतका कलाकार अनुबन्धित भइसकेका छन् ।
शिब ढकालल सिनेमेट्रोग्राफी रहने चलचित्रको कथा दिनेश कोइरालाको हो भने पटकथा,संवाद मौनता श्रेष्ठले लेखेका छन् ।
बैशाख तेश्रो साताबाट सुटिङ सुरु हुने चलmचित्रका गीतमा बिश्वप्रकाशका साथमा अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रको निर्माण ब्यबस्थापकमा श्याम केसी छन् । चितवनका बिभिन्न स्थानमा खिचिने ‘बिगुल’ लाई एक बिचार,आवाज र एक बैचारिक क्रान्तिको संकेतका रुपमा अथ्र्याइएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  १० : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।