काठमाडौं
नेपाली चलचित्र ‘बलिदान’ को प्रि–टिजर सार्वजनिक गरिएको छ । चलचित्रका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप प्रि–टिजर सार्वजनिक गरिएको हो ।
प्रि–टिजरमा अभिनेता भट्टका दमदार एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ, जहाँ देशभक्तिपूर्ण भावनाले भरिएको आवाज सुन्न सकिन्छ “देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई । रगत उम्लियो जसको । आमाको पिर, यो देशको शिर, कहिल्यै झुक्न नदिने सपुत हुँ म ।” दृश्यको अन्त्यमा समीरको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ ।
चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार समीरमा कलाकारिता र अभिनयका सबै गुण भरिएका छन्, र ‘बलिदान’ले ती सबै पक्ष उजागर गरेको छ । सेनले प्रि–टिजरलाई समीरको प्रस्तुतिको झलक भन्दै यो सिरिजमा थप झिल्काहरू क्रमशः सार्वजनिक गरिने जानकारी दिए ।
चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ । ‘आसुसेन फिल्म्स् प्रा.लि.’ को प्रस्तुति रहेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन् ।








प्रतिक्रिया