२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘बलिदान’को प्रि–टिजर दर्जन बढी देशहरूमा ट्रेन्डिङमा



काठमाडौं
नेपाली चलचित्र ‘बलिदान’को प्रि–टिजर सार्वजनिक भएको केही घण्टा देखि नै युएई, कुवेत, कतार, अस्ट्रेलिया, मलेसिया, जापान, र दक्षिण कोरिया लगायतका मुलुकमा ट्रेन्डिङमा छ ।

चलचित्रका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर बुधवार सार्वजनिक गरिएको यो प्रिटिजर अहिलेसम्म ५ लाखभन्दा बढी पटक हेरिएको छ ।

प्रि–टिजरमा अभिनेता समीर भट्टको आक्रोशपूर्ण अभिनय देख्न सकिन्छ । “देशको चिन्ता । माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई…” जस्ता संवादहरूले दर्शकमा राष्ट्रिय भावना झन् गहिरो बनाएका छन् । भिडियोकै अन्त्यतर्फ समीरको चिच्याहटले दृश्यलाई अझ सशक्त बनाएको छ ।

निर्देशक सन्तोष सेन रहेको यस चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय रहेको छ। पवन ब्राडफोर्ड बिस्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहेका छन् ।

 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।