४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अभिमन्यु’को छायांकन २५ दिनमा पुरा



 

काठमाडौं

चलचित्र ‘अभिमन्यु’को छायांकन २५ दिनमा सकिएको छ ।

गतचैत १९ गते काठमाडौंको कीर्तिपुरमा ‘अभिमन्यु’को छायांकन सुरु भएको थियो ।

चलचित्र ‘अभिमन्यु’मा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ ।

‘अभिमन्यु’को निर्माता विनोद पौडेल हुन् । सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ आगामी भदौ २७ गते प्रर्दशन हुने बताएका छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशन हो ।

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटो ः रोड टु डेथ’ निर्देशन गरेका थिए ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहनेछ ।

यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा प्रर्दशन हुनेछ ।

प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार  १२ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।