२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र फ्लप बन्न थालेपछि बेचैन छन् विपिन कार्की



ललितखबर
विपिन कार्की चलचित्र क्षेत्रका चर्चित अभिनेता हुन् । चलचित्रलाई फरक धारमा अघि बढाएर दर्शकको माया पाइरहेका अभिनेता विपिन कार्की पछिल्लो समय सुस्ताइरहेका छन् । उनका चलचित्रहरु चलिरहेका छैनन् ।
चलचित्रहरु असफल भइरहेको सन्दर्भमा राजधानीमा पत्रकारहरुले प्रश्न जिज्ञाशा राख्ने क्रममा उनी केही हतास देखिए । केही आक्रोस समेत पोखे ।
एक पत्रकारले चलचित्र असफल हुनुमा तपाई जिम्मेवार हो भन्ने प्रश्न सोध्ने क्रममा अभिनेता कार्कीले भने, ‘चलचित्र चलेन भनेर के म रोइदिउ ? कि पैसा फिर्ता गरिदिऊ ??’ आक्रोसित रुपमा उनी बोलेपछि प्रश्नकर्ताले नरिसाउन सुझाएका थिए ।

पछिल्लो समय उनले अभिनय गरेको चलचित्रहरु ‘तेलभिसा’ र ‘कर्मा’ प्रर्दशन भए ।  दुवै चलचित्र व्यावसायिक हिसावले असफल रहे । अघिल्लो चलचित्र आएको ‘एक भागवत एक गिता’को अवस्था पनि राम्रो बनेन । चलचित्रहरु असफल हुँदै गएपछि अभिनेता कार्कीको ओरालो यात्रा सुरु भएको सिने नगरीमा चर्चा छ ।
आफूले अभिनय गरिरहेका चलचित्रहरु निरन्तर रुपमा असफल भइरहेको सन्दर्भमा राजधानीमा सोधिएको एक प्रश्नको उत्तर दिदै चलचित्र असफल हुनुमा आफू मात्रै जिम्मेवार नरहेको बताउदै पञ्छिएका छन् ।
चलचित्र फ्लप हुनुमा सबैभन्दा धेरै जिम्मेवार निर्माता र निर्देशक हुनुपर्ने उनी बताउछन् । उनी प्रर्दशनमा आउन लागेको चलचित्र ‘ऊनको स्वीटर’ले व्यावसायिक सफलता पाउनेमा आशावादी रहेको प्रतिकृया दिएका छन् ।
उनले चलचित्र असफल हुनुको दोष चलचित्रको प्रचारका लागि विज्ञापन लिने सञ्चारमाध्यमदेखि लाइट बोक्ने स्पटव्याईसम्मले लिनुपर्ने तर्क गरे ।
कार्यक्रममा उनी निराश अनि हतास मुडमा रहेको उनको भावभंगीले दर्शाइरहेको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।