२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘राजकुमारी’को निर्माण हुने



काठमाडौं
चलचित्र ‘राजकुमारी’ निर्माण हुने भएको छ ।
चलचित्रको लेखन तथा निर्देशन अनुभवी निर्देशक रिम विश्वकर्माले गर्दैछन् । निर्देशक विश्वकर्माले यस चलचित्रलाई ‘ड्रिम प्रोजेक्ट’ को रहेको दाबी गर्दै यो चलचित्र आफ्ना लागि डेब्यु निर्देशन जस्तै हुने बताए । भने, ‘यसका पछाडी केहि कारण छन्, त्यो म पछि खुलाउनेछु ।’
चलचित्रको लगानी करिब ५ करोड रहेने बताइएको छ । चलचित्रमा प्रेम, संघर्ष र साहसको अद्वितीय कथा रहने उद्घोष गरिएकोे छ ।
रेडलाइन्स फिल्म प्रा।लि। को ब्यानरमा निर्माण हुने यस चलचत्रिलाई पी।बी। थापाले एकल रहने छ । चलचित्रको कथा र यसले उठान गर्ने विषयप्रति गहिरो रुपमा प्रभावित भएका कारण आफू लगानी गर्न तयार भएको बताउर्दै निर्माता थापाले भने, ‘नेपाली दर्शकले पहिलोपटक फरक स्वादको एक गहिरो प्रेमकथा अनुभव गर्नेछन ।’
चलचित्रको मुख्य पात्र राजकुमारीको भूमिकाका लागि अभिनेत्रीको छनोट प्रक्रिया जारी रहेको बताइएको छ । निर्माण टिमले केही चर्चित अभिनेत्रीहरूसँग कुराकानी गरिरहेको बुझिएको छ भने अन्य कलाकार र प्राविधिक टोलीको चयन लगभग अन्तिम चरणमा पुगेको छ ।
। चलचत्रिको काठमाडौंमा अधिकांश छायांकन हुनेछ भने अन्य केहि दृश्य मुस्ताङ, पोखरा लगायतका क्षेत्रमा पनि खिच्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ९ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।