२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


राज र सनिषाको संवाद बोलेर टिकटक बनाउने लहर



काठमाडौं
पछिल्लो समय विभिन्न गीतमा टिकटक बनाएर भाइरल बनेको त सुनिएकै हो । तर पछिल्लो समय चलचित्रको संवादमा टिकटक बनाउने युवायुवतीहरुको ट्रेण्ड सुरु भएको छ ।
जेठको ९ गतेबाट प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘नरसिंहाः अवतार’मा नायक राज कटुवाल र नायिका सनिषा भट्टराइले बोलेको संवादको अहिले सामाजिक संजालमा खुबै चर्चा भइरहेको छ । यो संवादमा टिकटक बनाउनेहरु प्रशस्त छन् ।
चलचित्रको दृश्यमा राज र सनिषाको प्रेम देखाइएको छ । जहाँ, भनिएको छ–‘कोही मान्छे यति खास हुन्छन् कि जसलाई सास रहुन्जेलसम्म पनि विर्सन सकिदैन । तिमीलाई विर्सिएर कसरी सास फेर्नु ।’
राजको यो संवादपछि सनिषाले भन्छिन्–‘को हौं तिमी मेरो ।’ ट्रेलरमा समावेश यो संवाद अहिले चर्चामा छ । साथै, फिल्मको ट्रेलर सार्वजनिक भएपछि नायक राज कटुवालको एक्सनको पनि तारिफ भइरहेको छ ।
एक्सन, प्रेम, विछोड, वियोग, सस्पेन्स र थ्रीलर कथामा तयार भएको यो फिल्मलाई दिवाकर भट्टराइले लेखन तथा निर्देशन गरेका हुन् ।
राज र सनिषा दर्शकले यो संवाद मन पराएकोमा दंग छन् । उनीहरुले, चलचित्रमा दर्शकहरुले आफूहरुको प्रेमको विशेष पाटो हेर्न पाउने बताए ।
नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपाने यो फिल्मका निर्माता हुन् ।
यो फिल्ममा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, निर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ९ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।