२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘के घर के डेरा : घर नं २’ लाई दर्शकको साथ



 

चलचित्र ‘के घर के डेरा : घर नं २’ लाई शनिबार दर्शकको साथ मिलेको छ ।

चलचित्रको निर्माण पक्षका अनुसार प्रदर्शनको पहिलो दिन शुक्रबार औसत व्यापार गरेको चलचित्र ‘के घर के डेरा ः घर नं २’ले दोस्रो दिन दर्शकको राम्रो साथ पाएको हो ।

शनिबार देश भरका हलमा यो चलचित्र उच्च अकुपेन्सीमा चलेको बताइएको छ । निर्माणपक्षका अनुसार शनिबार देशभरका हलमा ७० देखि ९० प्रतिशत अकुपेन्सीमा ‘के घर के डेरा ः घर नं २’ चलेको छ ।

अफ टाइमका शो मा पनि दर्शकको राम्रो साथ सिनेमाले पाएको छ । “आज ७० देखि ९० प्रतिशतसम्म दर्शकको अकुपेन्सी देखियो । हाम्रो चलचित्रको जनरा र विषय अनुसार दर्शकको साथ पाउँदै गएको छ,” निर्देशक दीपेन्द्र के खनालले भने ।

चलचित्रको विषय र कलाकारको काम दर्शकले मन पराएको उनले बताए । निर्देशक खनाल भन्छन्, “कलाकारको काम र विषयको दर्शकले खुलेर तारिफ गर्नुभएको छ । सामाजिक कथावस्तुमा दर्शकको गहिरो रुचि छ भन्ने यसले पुष्टि गर्छ ।”

चलचित्रको मुख्य पात्रमध्येका एक खगेन्द्र लामिछानेले दर्शकले देखाएको माया र गरेको प्रेमले आफूलाई थप उत्साहित बनाएको बताए ।

चलचित्रले उत्कृष्ट वर्ड अफ माउथ पाउँदै गएको छ । त्यसको प्रभाव हलमा देखिएको निर्देशक खनालले बताए ।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्र शुक्रबारबाट देशभरका हलमा प्रदर्शन भइरहेको छ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय रहेको छ ।

‘के घर के डेरा ः घर नं २’ चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो ।

कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको ‘के घर के डेरा ः घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन् । निर्माताका रूपमा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन रहेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  ७ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।