काठमाडौं । अभिनेत्री तथा चर्चित डान्सर कविता नेपालीले ८ हजार मिटरभन्दा अग्ला दुई हिमाल सफलतापूर्वक आरोहण गरेकी छन्। आइतबार विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मि) र सोमबार विश्वकै चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मि) को सफल आरोहण गरेको पुष्टि आरोही टोली एलिट एक्सपिडिसनले सामाजिक सञ्जालमार्फत गरेको हो। यो साहसिक उपलब्धिसँगै कविता नेपालीले नेपाली मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरूमध्ये उच्च हिमाल आरोहण गर्ने दुर्लभ सफलता हासिल गरेकी छन्।








प्रतिक्रिया