३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘मिरमिरे’मा दयाहाङ राई अनुबन्ध



काठमाडौं
चलचित्र ‘मिरमिरे’मा दयाहाङ राई अनुबन्ध भएका छन् । ‘मिरमिरे’को मुख्य भूमिकामा दयाहाङ अनुबन्ध भएका हुन् ।

चलचित्र ‘कार्साङ’ निर्माण गरेर चर्चामा आएका निर्देशक यम शेर्पाले यो चलचित्र निर्देशन गर्न लागेका हुन् ।

“हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ । यो हाम्रो दोस्रो सहकार्य हो,” निर्देशक शेर्पाले भने, “स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो । अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौँ ।”

‘मिरमिरे’को लाइनअप बलियो हुने उनको भनाइ छ । अन्य कलाकार को–को हुनेछन्, त्यो भने उनले खुलाएका छैनन् ।

यार्सा फिल्म्सको प्रस्तुति रहने चलचित्रले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका देखिएको थियो ।

चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंको रहनेछ ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन् । यो चलचित्रको कार्यकारी निर्मातामा रोहित कट्टेल रहेका छन् ।

‘मिरमिरे’लाई २०८२ मा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।