काठमाडौं
चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक बलिराम चौहानको निर्देशनमा बन्ने तयारीमा रहेको चलचित्र ‘द ब्ल्यू लाइट’ अर्पण थापा अनुबन्धित भएका छन् ।
सधै खलपत्रको भूमिकामा चर्चामा आउने थापालाई मंगलवार औपचारिक रूपमा अनुबन्धित गरिएको निर्माण टिमले जनाएको छ ।
जेठ २१ देखि छायांकन सुरु हुने ‘द ब्ल्यू लाइट’ चौहानको डेव्यु निर्देशनमा बन्न लागेको हो ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहेका छन् । यही बर्षभित्र प्रर्दशन हुने निर्माण पक्षले जानकारी दिएको छ ।








प्रतिक्रिया