२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता ऋतिक रोशनले होम्बाले फिल्म्स प्रोडक्सनसँग मिलेर चलचित्र बनाउने



काठमाडौँ

बलिउड अभिनेता ऋतिक रोशनले होम्बाले फिल्म्स प्रोडक्सनसँग मिलेर चलचित्र बनाउने भएका छन्

अभिनेता ऋतिक रोशनले केजीएफ, सालार र कान्तारा जस्ता चलचित्र बनाएको निर्माण कम्पनी होम्बाले फिल्म्स प्रोडक्सनसँग हात मिलाएका हुन् ।

होम्बाले फिल्म्स प्रोडक्सन हाउसले ऋतिक रोशनसँगको नयाँ प्रोजेक्टको घोषणा गरेको छ । यद्यपि, यस प्रोजेक्टसँग सम्बन्धित कुनै जानकारी अहिलेसम्म खुलाइएको छैन र यो चलचित्रमा ऋतिक कुन भूमिकामा देखिनेछन् भन्ने कुरा पनि स्पष्ट छैन ।

होम्बाले फिल्म्सका मालिक विजय किरागन्दुरले भनेका छन्– ’हामी यो सहकार्यबाट धेरै खुसी छौं । होम्बाले फिल्म्सले मानिसहरूलाई प्रेरणा दिने र सबैसम्म पुग्ने कथाहरू भन्ने लक्ष्य राखेको छ । ऋतिक रोशनसँग काम गर्नु हाम्रो लक्ष्यतर्फको ठूलो कदम हो । हामी एउटा बलियो कथा र कल्पना दुवै भएको चलचित्र बनाउन चाहन्छौं । हामी हृदय छुने र यादगार हुने चलचित्र बनाउन सक्दो प्रयास गर्नेछौं ।’

त्यस्तै यो संम्झौतापछि ऋतिकले भनेका छन्– ’होम्बाले फिल्म्सले अहिलेसम्म धेरै फरक र रोचक कथाहरू बनाएको छ । म उनीहरूसँग काम गर्न पाउँदा धेरै खुसी छु । हामी दर्शकहरूको लागि एक उत्कृष्ट चलचित्र ल्याउन चाहन्छौं । हाम्रो सपना ठूलो छ र हामी यसलाई साकार पार्न सक्दो प्रयास गर्नेछौं ।’

ऋतिक र साउथ सुपरस्टार जुनियर एनटीआरको चलचित्र ’वार २’ अगस्त १४ मा प्रर्दशन हुनेछ । यस चलचित्रमा कियारा आडवाणी पनि देखिनेछिन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।