काठमाडौँ
चर्चित अभिनेत्री रेखा थापाको नाटकको मञ्चन हिजो विहीबारको कार्यक्रम सरेको छ ।
यो नाटकको प्रिमियर विहिबार जेठ १५ गते गरिने तय भएको भएपनि असहज राजनीतिक परिस्थितिका कारण स्थगित भएको उनले जानकारी दिएकी छिन् । अब नाटकको औपचारिक मञ्चन आगामी सोमबारदेखि शुरु हुने भएको छ । नाटक असार ७ गतेसम्म प्रस्तुत गरिने भएको छ ।
दुई दशकदेखि चलचित्रमा अभिनय गरेकी अभिनेत्री थापाले नाटक ‘मिरा’ मार्फत रंगमञ्चमा प्रवेश गरेकी हुन् ।
रेखाले रंगमञ्चमा आफ्नो इन्ट्री बारे जानकारी दिदै भनेकी छन्( ‘मेरो कलाकारिता जिवन मै पहीलो पटक म रंगमञ्चको स्टेज उक्लदैछु, त्यसैले पनि मीरा मेरो लागि बिशेष छ ।’
नाटक मिरा फिल्म एकेडेमीको नाटकघर, कान्तिपुर थिएटर, गैह्रिधारामा हरेक दिन साँझ ५ः ३० बजेदेखि शुरु हुने छ ।








प्रतिक्रिया