३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ऊनको स्वीटर’को व्यापार १० करोडभन्दा धेरै



काठमाडौं
नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरिरहेको अवस्थामा देशव्यापी रूपमा १० करोड ५ लाख रुपैयाँ व्यापार (ग्रस कलेक्सन) गरेको छ । चलचित्र निर्माण पक्षका अनुसार यो चलचित्रले देशभर १ सयभन्दा धेरै पर्दामा प्रर्दशन भइरहेको छ ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको चलचित्रले प्रदृशनको पहिलो दिनदेखि नै राम्रो व्यापार गरिरहेको चलचित्र निर्माण कम्पनी आर्टमाण्डू नेपालले जानकारी दिएको छ ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ । समीक्षक प्रशंसा र सकारात्मक समीक्षासँगै दर्शकको पनि उत्कृष्ट प्रतिकृया पाइरहेको सुन्न सकिन्छ ।
चलचित्रको निर्माण पक्षले अहिलेसम्म ओभरसिज कलेक्सन सार्वजनिक गरिएको छैन । तर विदेशमा पनि चलचित्रले लगातार राम्रो प्रदर्शन गरिरहेको बुझिएको छ ।
देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले व्यापारको आधारमा यो चलचित्रलाई सुपरहिटको ट्याग दिएको छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  ९ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।