३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


मिस वल्र्डमा सहभागी नेपालकी सहभागी सृच्छा प्रधान क्वाटरफाइनल नपुग्दै बाहिरिइन्



हैदरावाद
मिस वल्र्डमा सहभागी नेपालकी सहभागी सृच्छा प्रधान क्वाटरफाइनल नपुग्दै बाहिरिएकी छिन् ।

भारतको हैदरावादमा गएराती समन् ग्राण्ड फिनालेमा उनीको कमजोर प्रर्दशन भएको हो ।
समापन समारोह, अर्थात् मिस वल्र्ड ग्रान्ड फिनाले, तेलंगानाको हैदराबादस्थित हिटेक्समा आयोजना गरिएको थियो।

मिस वल्र्डको ७२ औं संस्करण थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् ।

चुआंगश्रीले मिस वल्र्डको उपाधि जितेकी हुन् । उनलाई ७१औं मिस वल्र्ड क्रिस्टिना पेज्कोभाले शिरमा ताज पहिराएर सम्मान गरेकी थिइन् ।

यस प्रतियोगितामा इथियोपियाकी हासेट डेरेजे पहिलो रनर अप बनेकी छन् भने मार्टिनिककी औरेली योहाचिम दोस्रो रनरअप बनेकी छन् ।

प्रतियोगिताको फाइनलमा मार्टिनिककी औरेली योहाचिम, इथियोपियाकी हासेट डेरेजे, पोल्याण्डकी माया क्लाज्दा र थाइल्याण्डकी ओपल सुचाता पुगेका थिए ।

मे ७ मा सुरु भएको यो रोमाञ्चक प्रतियोगिता शनिबार, मे ३१ मा नयाँ मिस वल्र्डको छनोटसँगै समाप्त भएको छ ।

मिस वल्र्डका अनुसार, बलिउडका प्रसिद्ध अभिनेता सोनु सूदलाई समापन समारोहमा मिस वल्र्ड ह्युम्यानिटेरियन अवार्ड प्रदान गरिएको थियो।

मिस वल्र्ड संगठनले १९५१ मा ुब्युटी विथ अ पर्पजु नाराका साथ मिस वल्र्ड प्रतियोगिता सुरु गरेको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, आइतबार  ७ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।