२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


विषालु सर्पहरूसहित एक जना विमानस्थलबाट पक्राउ



मुम्बई
भारतको मुम्बईमा दुर्लभ प्रजातिका सर्पहरूको तस्करी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । यसमा केही विषालु सर्पहरू पनि समावेश छन् ।

आइतबार, थाइल्याण्डबाट फर्केका एक व्यक्तिलाई मुम्बई विमानस्थलमा ४७ विषालु सर्पसहित ति व्यक्ति पक्राउ परेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भारतको विभिन्न वन्यजन्तु संरक्षण कानून अन्तर्गत सर्पहरू बरामद गरिएको अधिकारीहरुले बताएका छन् ।

यद्यपि, अभियुक्तको नाम अहिलेसम्म खुलासा गरिएको छैन र उनी हिरासतमा छन् । अभियुक्तले यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

मुम्बई भन्सार विभागले मुद्दासँग सम्बन्धित तस्बिरहरू सार्बजनिक गर्दै रंगीन सर्पहरू बक्स भित्र घुमिरहेको देख्न सकिन्छ ।

भन्सार विभागले यात्रुबाट तीनवटा माकुराको पुच्छर भएको सिङ भएको सर्प, पाँचवटा एसियाली पातको कछुवा र ४४ इन्डोनेसियाली पिट सर्प ९विषालु सर्पहरूको एक प्रजाति० बरामद गरेको बताएको छ । यद्यपि, यी सर्पहरू कहाँबाट ल्याइएको हो भन्ने कुरा अझै स्पष्ट छैन ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०८२, मंगलबार  ८ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।