काठमाडौं
प्रचण्डको अभिनय गरेर चर्चामा आएका कलाकार घनश्याम गौतमको गएराति निधन दुखद भएको छ ।
राती १२ः१० बजे उपचारको क्रममा भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टर अस्पतालमा उनको निधन भएको परिवारिक श्रोतले जानकारी दिएको छ ।
गौतमको फेसबुक एकाउन्टबाट राति १ बजेको पोस्टमा फोटो सेयर गर्दै लेखिएको छ– अब हामीमाझ रहनुभएन, हार्दिक श्रद्धाञ्जली ।
चर्चित टिभी सिरियल ‘मेरी बास्सै’मा गौतम ‘नक्कली प्रचण्ड’ पात्रको रुपमा चर्चित थिए ।
अल्पायुमै संसारबाट बिदा लिएका उनले विभिन्न हास्य श्रृंखला, गाईजात्रा कार्यक्रम तथा स्टेज कार्यक्रममा पनि प्रस्तुति दिएका छन् ।
गएको वैशाखमा उनी क्यान्सरको उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना भएका थिए । अवस्था थप जडिल बनेपछि उनलाई ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा रिफर गरेर लगिएको थियो ।
गौतमको पार्थिव शरिरलाई आज बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।








प्रतिक्रिया