निर्माणको चरणमा रहेको ‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक भएको छ ।
टिजरमा नेपालीपन जोगाउन संर्घषरत युवाहरुकोजमातको कथा समेटिएको छ । दृश्यमा भूटान,नेपाल र नेपालबाहिरको झलकहरु छन् । जसबाट यो भुटानी शरणार्थीको कथामा बनेको हो कि भनेर अनुमान गर्न सकिन्छ । यद्यपी निर्माण पक्षले यसबारे थप बताएको छैन ।
फिल्मको पोस्टर र एउटा गीतपछि यसको टिमले टिजर रिलिज गरेको हो ।
चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, वुद्दि तामाङ, आयुष समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन, सुवास भण्डारी लगायतका कलाकारहरूको अभिनय छ ।
मित्र प्रधानको निर्देशक रहेको यस चलचित्रको छांयाकन
छायांकन झापा, इलाम, भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल र अमेरिकामा गरिएको छ ।
चलचित्र असारको २७ गतेबाट देशभर प्रर्दशनको तयारीमा रहेको निर्माण पक्षले जानकारी दिएको छ ।








प्रतिक्रिया