३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


अमेरिकामा एकै परिवारका चार नेपालीको हत्या



 

अमेरिकामा एकै परिवारका चार नेपालीको हत्या भएको छ ।

गए राति भर्जिनियाको मानासास पार्कमा रहेको एक घरमा दुई बालबालिका र दुई वयस्कलाई गोली हानी हत्या गरिएको अवस्थामा फेला पारेको त्याँहाको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले २ वर्षीय बालक, ८ वर्षीया बालिका, ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ गोली लागेर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलबाट एउटा बन्दुक बरामद भएको छ । छिमेकीहरूका अनुसार करिब छ महिनाअघि नेपालबाट सो परिवार अमेरिका पुगेको थियो ।

चारै जनाको गोली लागेर निधन भएको प्रहरीले पुष्टि गरेको छ । प्रहरीले हत्या वा आत्महत्या को विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०८२, शनिबार  १० : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।