३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कल्ली’को पोस्टरमा सौगात मल्ल बाघसँग



 

पछिल्लो समय चलचित्र चलाउनका लागि अनौठा प्रचार सामाग्री पोस्टर बन्न सुरु भएको छ ।
चलचित्रप्रति दर्शकको रुचि बढाउन चरित्र र कथासँग मेल खाने पोस्टर सार्वजनिक भइरहेको छन् ।
रिसाहा अवतारमा अभिनेता सौगात मल्लले रगत लत्पतिएको भाला हातमा लिएका छन् । बाघसँग देखिएका उनी सम्भवतः बाघसँग लडाई गरेका हुन् ।
अर्को एक पोष्टरमा सौगातको साथमा नायिका बेनिशा हमाल, नायक उत्तम प्रधान, नाजिर हुसेन, कलाकार अर्पण थापा र सुलक्षण भारतीलाई देख्न सकिन्छ । यो पोष्टरले फिल्मका अधिकांश पात्रहरुको चरित्र बोल्न खोजेको छ ।
चलचित्रमा उत्तम प्रधान, सौगात मल्ल, बेनिशा हमाल, सुलक्षण भारती, नािजर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, सन्जोक राणा, गीता अधिकारी, कुल बहादुर अधिकारी र श्याम मगरको मुख्य भूमिका छ । यस्तै, फिल्ममा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा बाल–कलाकारको रुपमा छन् ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्म अब फागुनको १ गतेबाट रिलिजमा आउने भएको छ ।

महेश दवाडीको लेखन रहेको यो चलचित्रमा लक्ष्मण सुनारको कथा र निर्देशन तयार हुँदैछ ।

लक्ष्मण सुनारले निर्देशन गरेको चलचित्र‘बुलाकी’ लक्ष्मण चर्चामा आएको थियो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, आइतबार  १२ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।