३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘किन लाग्छ माया’ निर्माणको घोषणा, धिरेनदेखि मिस पबीसम्म पर्दामा देखिने



 

चलचित्र ‘किन लाग्छ माया’ निर्माणको घोषणा गरिएको छ । एसएण्डएस प्रोडक्सनको व्यानरमा मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको छायांकन असारको पहिलो साताबाट सुरु हुँदैछ ।
चलचित्रमा धिरेन शाक्य, सन्जीत भण्डारी, रिचा थापा, जानबी बस्नेतमिस पबीको नामबाट परिचित पबित्रा साकी, राजेन्द्र खड्की, हिउवाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, विनोद ढकाल लगायतका कलाकारहरुको अभिनय रहने छ ।
यो चलचित्रको मुख्य भूमिकामा मेघ सुवेदीले काम गर्दैछन् । मेघले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । स्याडो रियरको कथा रहने चलचित्रमा रामकाजी घिमिरेको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायांकन, पुस्कर सुनुवारको संगीत, रामजी लामिछाने र अभि वाग्लेको कोरियोग्राफी, राजेन्द्र खड्गीको एक्सन रहनेछ ।
अर्जुन प्रसाद पोखरेल निर्माण नियन्त्रक रहेको चलचित्रमा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, दिप्त प्रकाश अधिकारी र सुवास गोतामेको सहायक निर्देशन रहनेछ ।
चलचित्रको छायांकन काठमाडौं, पोखरा, चितवन, पूर्वी नवलपरासी, मुस्ताङ लगायतका स्थानमा हुनेछ ।
यो चलचित्रले दाजु भाइको सम्बन्ध, एक अर्का प्रतिको जिम्मेवारी र त्यागको कथा भन्नेछ । साथै चलचित्रले सामाजिक विषयवस्तुलाई पनि मुख्य रुपमा प्रस्तुत गर्नेछ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ८ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।