पछिल्लो समय बलिउड अभिनेता अभिषेक बच्चन सामाजिक सञ्जालमा गरेको एउटा पोष्टका कारण चर्चामा छन् ।
अभिनेता बच्चनले सामाजिक सञ्जालमा आफू गायव हुन चाहेको खबर खार्वजनिक गरेपछि बलिउडमा हो हल्ला मच्चिएको हो । उनले सामाजिक सञ्जालमा लेखेका छन्, म एक पटक गायब हुन चाहन्छु, म आफूलाई फेरी भीडमा फेला पार्न चाहन्छु । मसँग जे थियो, मैले त्यो सबै मेरा प्रियजनहरूलाई दिए । अब म आफ्नो लागि थोरै समय चाहन्छु।ु
यो पोस्ट सेयर गर्दै अभिषेकले आफ्नो क्याप्सनमा लेखेका छन्, ‘कहिलेकाहीं आफूलाई भेट्नको लागि, तपाईं सबैबाट मिसिङु हुनुपछ ।’
उनको यस्तो पोष्टले उनका प्रशंसकहरु छक्क परेका छन् भने कैयौं चिन्तित पनि बनेका छन् ।
अभिनेता सामाजिक सञ्जालमा खासै पोष्टहरु शेयर गर्दैनन् । उनले लेखेका कुराहरुको चर्चा भने ज्यादा हुने गर्छ ।
अभिनेता अभिषेक बच्चन अन्तिम पटक भर्खरै प्रर्दशन भएको चलचित्र ‘हाउसफुल ५’ मा देखिएका थिए। अभिषेक हाउसफुल फ्रान्चाइजीमा फर्किएका छन् । यसअघि उनी ‘हाउसफुल ३’ मा पनि देखा परेका थिए ।








प्रतिक्रिया