ललितखबर
चर्चित अभिनेत्री निता ढुंगानाले चलचित्रको कार्यक्रममा राजनीतिक टिप्पण्ी गर्दै नेपालमा बोल्नै नपाइने अवस्था रहेको भन्दै दुखेसो पोखेकी छिन् ।
उनले अभिनय गरेको चलचित्र ‘रियल रिङ्गेट’को प्रचारात्मक गीत जीन्दगीको सार्वजनिक कार्यक्रममा राजनीतिक कारणले हरेक घरका युवाहरु विदेसिने अवस्था आएको बताइन् ।
दिनमा हजारौं युवाहरु विदेश राजगारी खोज्न गइरहेको अवस्थामा आक्रोस पोख्न मन लागे पनि भन्न नसकिने अवस्था आएको बताउदै बोलेदेखि केश लाग्ने र अदालत जानु पर्ने आशय व्यक्त गरिन् । भनिन्, ‘गणतन्त्र छ, तर के गर्नु बोल्न पाइदैन ।’
अभिनेत्री अधिकारीले चलचित्र रियल रिङ्गेट चलचित्र धेरै अघि निर्माण सुरु भए पनि अन्नतः प्रर्दशन सुरु हुन लागेको भन्दै खुशी व्यक्त गरिन् ।
यही साउन १६ गतेबाट चलचित्र रियाल रिंगेट प्रर्दशनमा आउने भएको छ ।








प्रतिक्रिया