ललितखबर
कलाकार प्रभात लामाले पुर्वराजा ज्ञानेन्द्र शाहको क्यारिकेचर गरेपछि राजावादी रिसाएर धम्की दिएका छन् ।
सामाजिक सञ्जालमार्फत कलाकार लामाले राजावादीको धम्की पाएपछि आफूले पुर्वराजाको क्यारिकेचर गर्दा के गतल भयो ? भन्दै प्रश्न गरेर दुखेसो पोखेका छन् ।
उनले लेखेका छन् ‘केही साथिहरु रिसाएर म्यासेज फोन गरिराख्नु भएको छ। ’
उनले हाल गणतान्त्रीक मुलुकको स्वतन्त्र नागरिकको हैसियतले महामहिम राष्ट्रपति र सम्माननीय प्रधनमन्त्रीको पनि आफूले गलत कार्यको व्यंग्य र प्रश्न उठाउने अधिकार रहेको उल्येख गरेका छन् ।
उनले हास्यव्यंव्ग्य कलाकारले क्यारिकेचर गर्दैमा कसैको मान मर्दन नहुने तर्क गरेका छन् ।
उनले व्यक्तिगत रुपमा उमेरको हिसाबले पुर्व राजा हजुरबुवा समान रहेको र पुर्वराजाप्रति आफ्नो सम्मान र आदर सधै उस्तै रहेको उल्येख गरेका छन् ।
उनले कार्यक्रम केवल मनोरन्जनको लागि तयार पारिएको बताउदै आफूलाई कुनै पनि शैलीको धाक धम्कीको भाषा प्रयोग नगर्न सुझाएका छन् ।
लामा मंगलबार हिमालयन टेलिभिजनमा प्रशारणमा आएको ‘कमेडी नाइट विथ च्याम्पियन्स’को पछिल्लो भागमा पूर्वराजा शाहको भूमिकामा देखिएका थिए ।
कार्यक्रममा राप्रपा सांसद ज्ञानबहादुर शाही, नेतृ खुस्बु ओली र कानून व्यवसायी स्वागत नेपाल पाहुना बनेर पुगेका थिए ।








प्रतिक्रिया