ललितखबर
नेपाली चलचित्र क्षेत्रमा निर्देशक शोभित बस्नेतको योगदानको बरिष्ट कलाकार निर शाहले विहीबार राजधनीमा खुलेर प्रसंशा गरे ।
निर्देशक बस्नेत ५०को दशकदेखि निरन्तर चलचित्र निर्देशनमा व्यस्त छन् ।
उनी मात्रै होइन, नेपाली चलचित्र क्षेत्रमा उनको परिवार नै समर्पित छ । उनका भाई जयकिसन बस्नेत अघिल्लो पुस्ताका चर्चित हिरो हुन् । छोरा सलोन बस्नेत पनि होस्टेल श्रृखलामार्फत चलचित्रमा हिरोको रुपमा स्थापित छन् ।
उता छोरी सलिना बस्नेत पनि चलचित्र क्षेत्रमा रुचि राख्छिन् । उनले डकुड्रामा ‘हामी छौं’ बनाइन् । सो श्रृखला ओटीटि प्लेटफाममा प्रशारणमा पनि आयो । बुहारी करिष्मा केसी बस्नेत पनि चलचित्रमा डेव्यु गर्ने दाउ हेरेर बसेकी छिन् । पछिल्लो समय उनले चलचित्रको प्रमोसनका लागि सलोमा च्यानल सञ्चालनमा ल्याएकी छिन् ।
नेपाली चलचित्र क्षेत्रलाई मलजल गरिरहेको यो परिवारमा फुट आएको विषयमा राजधानीमा प्रश्न उठेको छ ।
अभिनेता सलोन बस्नेत र शोभित बस्नेल आ–आफ्नै पारामा छुट्टा छुट्टै चलचित्रमा काम गरिरहेका छन् । उता शोभित बस्नेत पनि होम प्रोडक्सनमा जोडिएका देखिदैनन् । आजकल चलचित्र क्षेत्रबाट टाढा रहेका उनी मौवाइल टेलिभिजन भन्दै युट्युवकारितातिरै व्यस्त देखिन्छन् । बारिहबाट हेदा चलचित्र क्षेत्रका हस्ती बस्नेत परिवार चारतिर भाडिएको देखिन्छ ।
यसैलाई पुष्टि गर्दै अभिनेता सलोन बस्नेतले आफ्नो चलचित्र रंगीलाई वुवाले नेपालमा रहेर साथ नदिए पनि ‘म भने नेपालमै बसेर सहयोग गर्छु’ भन्दै व्यङ्य गरे । चलचित्रका कलाकारहरु कार्यक्रममा लगभग अनुपस्थित रहेको सो कार्यक्रममा अभिनेता सलोन र करिष्मा आर्कषणको केन्द्र थिए ।
छोराको सो व्यङ्यत्मक सवालको उत्तर भने शोभित बस्नेत दिएनन् । भने, ‘हामी सबै जनाले चलचित्र पिआर सँगै बसेर हेरेका छौं ।’ आफू चलचित्रको छायांकलको काममा व्यस्त भएको उनको भनाई थियो ।
चलचित्र रंगी प्रर्दशनको बेलामा पनि अभिनेता सलोनले आफ्ना वुवा अष्ट्रेलियाको समुद्रमा डुलिरहेको सामाजिक सञ्जालमा हेरिरहेको भन्दै चित्तै दुखाएर सार्वजनिक सञ्चारमाध्यमहरुमा बोलेका थिए ।
चलचित्रका अर्का अभिनेता जय किसन बस्नेत सो कार्यक्रममा सहभागी थिएनन् । त्यसैले पनि पत्रकारहरुले बस्नेत परिवारमा खटपट रहेको अनुमान गरेका हुन् ।








प्रतिक्रिया