ललितखबर
चलचित्र निर्देशक सोभित बस्नेतले नेपाल चलचित्र क्षेत्रमा सक्रिय निर्देशकहरुले निर्माताहरलाई डुवाएका आरोप लगाएको छन् ।
राजधानीमा आयोजित कार्यक्रममा निर्देशक बस्नेतले राम्रो चलिरहेको चलचित्रको उदाहरण दिएर ‘हामी यती पनि चलचित्र बनाउन सक्दैनौं र ?’ भन्दै निर्माताहरुलाई ढाट्ने गरेको र डुव्ने अवस्थामा पुग्ने अवस्था रहेको रहस्य खोले । भने,‘त्यसैले निर्माताहरु दोहोर्याएर चलचित्रमा लगानी गर्न आउदैनन् । चलचित्र क्षेत्रलाई घाटा छ ।’
निर्देशक बस्नेतले चलचित्र क्षेत्रमा अध्याधिक इगो रहेको रहस्य समेत खुलाए । भने मलाई ५०को दशकमा पनि चलचित्र निर्देशक मान्दैनथे । २०/२१ ब्र्षको केटो भनेर हेप्थे । आज पनि अवस्था उही छ । तर अरु निर्देशकहरु पलायन भइसके । म यही क्षेत्रमा छु । भोलि पनि हुनेछु ।
पछिल्लो समय कलाकारहरुले अत्याधि पारिश्रमिक लिइरहेको विषयमा पनि उनले असन्तुष्टि पोखेका छन् ।
चलचित्र प्रर्दशन गरेर कलाकारले आफ्नो पारिश्रमिक मात्रै उठाउन हैसियत राख्ने ग्यारेष्टि दिए आफू अर्को चलचित्रको लागि लगानी जुटाइदिने आश्वासन दिदै भने, ‘कलाकारले भनेकै प्राविधिक र अन्य कुरा राखेर चलचित्र निर्माण गर्न तयार छु ।’








प्रतिक्रिया