२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पल शाहको चलचित्र ‘यानी माया’मा मोडल अञ्जना पुनको डेव्यु



काठमाडौं

अभिनेता पल शाहले निर्माण गर्ने चलचित्र ‘यानी माया’मा एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जना पुन दर्शकमाझ आउने भएकी छिन् ।

यो चलचित्र अभिनेता पल शाहले आफ्नो ब्यानर ‘पल शाह फिल्म्स’मार्फत निर्माण गर्न लागेको पहिलो प्रोजेक्ट हो ।

अञ्जना पुन एक स्थापित मोडेल हुन् । उनले ‘मिस मगर हङकङ २०१४’ र ‘मिस हङकङ नेपाल २०२३’ जस्ता उपाधिहरू जितेकी छिन् । सन् २०२४ को ‘मिस नेपाल’ प्रतियोगितामा उनले ‘मिस रियल पपुलर च्वाइस’ र ‘मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स’ अवार्ड प्राप्त गरेकी थिइन् । मोडलिङसँगै उनी अभिनयमा पनि सक्रिय छिन् । उनले ‘बधाई तिमीलाईु,जस्ता गीतहरूमा अभिनय गरिसकेकी छिन् ।
यीमध्ये केही गीतमा उनले पल शाहसँग पनि काम गरेकी थिइन् । अञ्जना पुन क्यान्सर निवारण प्रतिष्ठानकी ब्रान्ड एम्बेसडर पनि हुन् ।

विकास सुवेदीको लेखन तथा निर्देशन रहने यो चलचित्र दार्शनिक मेटामोडर्न सिनेमा र पारिवारिक ड्रामा को संयोजन हुनेछ । यसमा अन्तरपुस्ता द्वन्द्व, आधुनिकता र परम्पराको दोलन, सहरी जीवन र प्रकृतिको सङ्घर्ष जस्ता विषयहरूलाई समेटिनेछ । यो चलचित्र श्रावण महिनामा छायाङ्कनमा जानेछ, जसका लागि बागलुङको ढोरपाटन र हङकङका रमणीय दृश्यहरू छनोट गरिएका छन् ।

पल शाहको लागि यो चलचित्र निर्माण क्षेत्रमा उनको पहिलो कदम हो भने विकास सुवेदीका लागि पनि लेखकबाट निर्देशक बनेको यो पहिलो प्रयास हो । यस चलचित्रका निर्माताहरूमा पल शाहसँगै चन्द्रज्योति आले पनि रहेकी छिन् ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।