काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा भइरहेको चरित्र हत्या र गालीगलौजको घटनाबारे कानुनी प्रक्रिया अघि बढाएकी छिन्। उनले सोमबार साइबर ब्यूरोमा औपचारिक उजुरी दर्ता गराएपछि मंगलबार गृहमन्त्री रमेश लेखकसँग भेट गरी आवश्यक सहयोगको लागि धन्यवाद दिएकी छिन्।
गृहमन्त्रीसँगको भेटपछि सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै चौहानले आत्मसम्मानमाथि आच आउने कार्य सह्य नहुने बताइन्। “जब कुराहरू व्यक्तिगत जीवनमा आच पुर्याउने तहमा पुग्छन्, गालीगलौज र चरित्र हत्या जस्ता कार्यहरू भइरहन्छन्, त्यो सह्य हुँदैन,” उनले लेखेकी छिन्।
“यो रिस होइन, आत्मसम्मानको सुरक्षा हो”
एलिनाले आफूलाई दुःखी बनाउने नियतले अपमानजनक टिप्पणी गर्नेहरूलाई फ्यानको दर्जामा नराख्ने स्पष्ट संकेत दिँदै कानुनी कदम उठाउनु बाध्यता भएको बताइन्। “यो कुनै रिस वा घृणाले होइन, आफ्नो अस्तित्वको सुरक्षा गर्ने अधिकारले उठाइएको कदम हो,” उनको भनाइ थियो।
गृहमन्त्रीलाई धन्यवाद
चौहानले यस विषयमा आवश्यक सहयोग गरेका गृहमन्त्री रमेश लेखकलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै लेखेकी छिन्, “तपाईंहरूको साथ र सद्भावले मलाई अझ अघि बढ्ने हिम्मत दिएको छ।”








प्रतिक्रिया