२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘माइतीघर’को अस्ट्रेलियामा प्रर्दशनका लागि महँगो रकममा बिक्री



 

मिलन तामाङको निर्देशन र रोहित अधिकारीको निर्माणमा तयार भइरहेको चलचित्र ‘माइतीघर’को अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएको छ।
आगामी दशैंको फूलपातिबाट विश्वभर एकसाथ प्रदर्शनमा आउने यो चलचित्रको पोस्टर अहिलेसम्म सार्वजनिक गरिएको छैन्। तर, यो चलचित्रको फस्टलुक पोस्टर सार्वजनिक नहुदै महँगो रकममा अस्ट्रेलिया राइट्स बिक्रि चलचित्रको सबैमा मोह रहेको पुष्टि हुन्छ ।

अस्ट्रेलिया राइट्स महँगो रकममा बिक्री भएसंगै यो चलचित्रको लगानीको एउटा ठुलो हिस्सा सुरक्षित भएको निर्माणपक्षले जनाएको छ। यो चलचित्रको अस्ट्रेलिया प्रर्दशन अधिकार हिमारो इन्टरटेन्मेन्टका लागि प्रमेज धामि र प्रकाश गैरेले खरिद गरेका हुन्।

निर्माता अधिकारीका अनुसार, चलचित्रलाई अन्य देशहरुमा पनि बिक्रि गर्ने कुरा भइरहेको छ । यो चलचित्रको अन्य देशको बिक्रि पनि चाडै हुने देखिएको छ। किनकि यो फिल्मको कथाबस्तु, कलाकारको लाइनअप र निर्माणपक्षको कडा मिहेनत विदेशी बजारमा देखिएको छ। जसले गर्दा, फिल्मको माग बढेको हो।

सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी छ ।
चलचित्रका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।यो फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ९ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।