३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘मेरी बास्सै’की कलाकार लक्ष्मी श्रेष्ठको अन्त्येष्टि



काठमाडौं । हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा अप्सरा आमाको भूमिकामा अभिनय गरेकी कलाकार लक्ष्मी श्रेष्ठको शनिबार बिहान अन्त्येष्टि गरिएको छ।

श्रेष्ठको दाहसंस्कार पशुपति आर्यघाटमा गरिएको हो। अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान गरिएको थियो।

श्रेष्ठको शुक्रबार राति क्यान्सरका कारण निधन भएको हो। दसैँयता अस्वस्थ भएकी उनीलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो। एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको बताएपछि उनी कपनको बालुवाखानीस्थित घरमै थलिएर बसेकी थिइन्।

अन्त्येष्टिमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकार रामचन्द्र अधिकारी, दीपकराज गिरी, दीपकप्रसाद आचार्य, सुशीला निरौला र गायिका राधिका हमाललगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो।

‘मेरी बास्सै’ मा उनले सीताराम कट्टेल (धुर्मुस) द्वारा निभाइएको खड्काजीको श्रीमतीको भूमिकामा अभिनय गरेकी थिइन्। छुच्चो स्वभावकी अप्सरा आमा र खड्काजीको जोडी दर्शकमाझ निकै लोकप्रिय रहेको थियो।

लक्ष्मी श्रेष्ठले ‘मेरी बास्सै’ बाहेक ‘जिरे खुर्सानी’, ‘कान्छी’ लगायत थुप्रै टेलिश्रृंखला, चलचित्र र म्युजिक भिडियोमा अभिनय गरेकी थिइन्।

श्रेष्ठको निधनले नेपाली हास्य क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै कलाकारहरूले दुःख व्यक्त गरेका छन्।

 

 

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  १२ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।