२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री नीति शाह चलचित्र ‘जदौ’ मा अनुबन्धित



 

चलचित्र ‘जदौ’मा अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छिन् । नीति र ‘जदौ’ का निर्माताबीच राजधानीमा सम्झौता भएको हो ।

काजी लिम्बूको लेखन रहेको यस चलचित्रमा प्रमुख अभिनेताका रूपमा यसअघि नै मुकुन भुसाल अनुबन्धित भइसकेका छन् । सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने यस चलचित्रका सहनिर्माताहरूमा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन् । बुद्धि माझीको निर्माण व्यवस्थापन रहेको फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुनेछ ।

बाबुल गिरीको संगीत रहेको यो फिल्म दाङ तथा प्युठान जिल्लाका विभिन्न स्थानमा खिचिनेछ । चलचित्रको प्युठानका लागि निर्माण व्यवस्थापक लछुमन भण्डारी छन् ।
सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’ को निर्देशक तथा बाँकी कलाकार र प्राविधिकबारे केही दिनमै विस्तृत जानकारी दिइने बताएकी छिन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।