चलचित्र ‘कल्ली’ नेपाल, भारत र पाकिस्तानमा एकसाथ प्रर्दशनको तयारी गरिएको छ ।
फागुनको १ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘कल्ली’लाई नेपाली र हिन्दी भाषामा प्रर्दशन गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।
चलचित्रका निर्माता किरण नेपालीले दिएको जानकारी अनुसार, यो फिल्म नेपाल, भारत र पाकिस्तानमा एकसाथ प्रर्दशन हुनेछ ।
नेपालमा नेपाली भाषामा प्रर्दशन हुने चलचित्र भारत र पाकिस्तानमा भने हिन्दी भाषामा प्रर्दशन गरिने निर्माणपक्षको भनाई छ ।
चलचित्रलाई भारतमा एम.के फिल्म डिस्ट्रिब्यूटर, पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्नेछन् । नेपालमा भने चलचित्रको वितरण काफिया र कुबेर फिल्मस्ले गर्नेछन् । फागुनको १ गतेबाट नेपालमा भने चलचित्रको हिन्दी भर्सन प्रर्दशन हुने छैन ।
‘कल्ली’को फस्टलुक सार्वजनिक भएसँगै यसको चर्चा बजारमा राम्रो छ । लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको हाल धमाधम पोष्ट प्रोडक्सनको काम चलिरहेको छ ।
लेकाली इन्टरटेन्मेन्ट प्रालि र कस्तुरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा महेश दवाडीको लेखन छ ।
चलचित्रमा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतका कलाकारहरुको अभिनय छ ।
यो चलचित्रले लोभको कथा भन्छ । लोभ पलाएपछि मानिसको जिन्दगी कहाँबाट कहाँ पुग्छ भन्ने कथामा यो चलचित्र बनेको निर्माणपक्षले बताएको छ । चलचित्रमा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत छ ।








प्रतिक्रिया