काठमाडौं
बर्षा याममा नेपाली चलचित्र भवनहरुमा खासै दर्शक पुग्दैनन् । त्यसैले हुनसक्छ यो असार महिनामा हलहरुमा नयाँ चलचित्र प्रर्दशन भएनन् ।
असारकै पहिलो नयाँ चलचित्रको रुपमा हरेक आज शुक्रबारदेखि हलमा ‘यो मन त मेरो नेपाली हो’ प्रर्दशन सुरु भएको छ ।
मित्र प्रधान (नर)को निर्देशनमा निर्माण भएको यो चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतले अभिनय रहेको छ ।
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्रमार्फत नेपाली भाषा, संस्कार, संस्कृति जोगाउने अभियान रहेको छ ।
ज्ञानबहादुर प्रधान (रोशन)को लगानी रहेको चलचित्रको पटकथा शिवम् अधिकारीले लेखेका छन् ।
चलचित्रले पछिल्लो समय देशभरका करिव ५० शो पाएको छ । पछिल्लो समय चलचित्र हलहरुले दिएको यो न्युन शो हो । धेरै हलहरुले दर्शकले रुचि नदेखाएपछि शो रद्द गरेको खबर छ ।
चलचित्रको निर्माण पक्षले राजधानीको कमल पोखरीस्थित उक हलमा गएको बुधबार प्रिमियर शो आयोजना गरेको थियो । सो कार्यक्रमपछि सहभागीहरुले चलचित्रले मन छोएको भन्दै सञ्चारकर्मीहरुसामु उभिएर प्रतिकृया दिएका थिए ।








प्रतिक्रिया