ललितखबर
आर्थिक बर्ष २०८२/८३ को बजेटमार्फत ललितपुर महानगरले पुरानै योजनालाई निरन्तरता दिएको पाइएको छ ।
महानगरले सार्वजनिक गरेको बजेट बक्तव्यमा केही बर्ष अघिदेखि अघि सारेकै योजनालाई निरन्तरता दिइरहेको देखिन्छ । महानगरले नयाँ आर्थिक बर्षका लागि ६ अर्ज ४७ करोड बराबरको अनुमानित आय व्यय सार्वजनिक गरेकोमा नगरस्तरिय योजनामा कुनै नयाँ र ठूला योजना अघि सारेको छैन ।
महानगरले विकास निर्माणको काम पनि झिनामसिना मात्रै अघि सारेको छ । नगरका नागरिकको जीवनमा प्रत्यक्ष पार्ने कुनै पनि योजना राखिएको छैन ।
केही बर्षदेखि अघि बढाइएको टिकाभैरव राजकुलोलाई लगनखेलसम्म लैजाने, पलेश्वाः र न्हुपुखु निर्माणलाई निरन्त्रता,सप्तपाताल पोखरी र कमल पोखरी निर्माण, घर नम्बर अभिलेखीकरण,विद्युतीय शवदाह गृह निर्माण,सिस्नेरी खानेपानी आयोजना अघि बढाउने,ट्राफिक लाइट विस्तार,साइकल लेन व्यवस्थापन,कुसुन्तीमा लिफ्ट सहितको आकाशे पुल निर्माण, पाटन, खोकना, हरिसिद्धि र धापाखेल रणनीतिक साँस्कृतिक सडक निर्माणजस्ता धेरै कार्यक्रमलाई निरन्तरता दिने गरि बजेट व्यवस्थापन गरिएको आज पत्रकार सम्मेलन आयोजना गरेर मेयर महर्जनले जानकारी दिएका छन् ।
साइकल लेन व्यवस्थापन र राजकुलो लगनखेलसम्म जस्ता लैजाने योजना लामो समयसम्म पुरा नभएको सन्दर्भमा पत्रकारहरुले सोधेको प्रश्नमा मेयर निरिह बनेर जवाफ फकाएका थिए । मेयर महर्जनले कानुन नहुँदा साइकल लेनलाई व्यवस्थापन गर्न नसकेको स्प्रष्टिकरण दिए भने राजकुलोको योजना पुरा गर्न सडक विभागले ढिला गरेको र टेण्डर प्रकृयाका कारण अघि नबढेको दोष लगाएका छन् ।
कार्यक्रममा उपमेयर मञ्जली शाक्य र वडाध्यक्षलगायत सहभागी भएपनि महानगरको विकास प्रयास र अवरोधबारे जवाफ दिएनन् ।








प्रतिक्रिया