पाटन गावाहालमा जुवाको खालबाट आइतबार ११ जना जुवाडे पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १६ गावहाल बस्ने ५२ वर्षीय प्रेम महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रेम समेत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ पर्ने जुवाडेहरुको नाम भने सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १९ हजार ९ सय रूपैयाँ र १९ थान कौडा सहित पक्राउ गरेको जानकारी दिएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।








प्रतिक्रिया