२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर जिल्ला अदालतको मुद्दा फछर्यौटमा प्रगति



ललितखबर
ललितपुर जिल्ला अदालतको मुद्दा फछर्यौटमा उल्येख्य प्रगति भएको छ ।
गत बर्ष ५८ प्रतिशत मुद्दा फछर्यौट भएकोमा यस आर्थिक वर्ष ७ प्रशिशतभन्दा धेरै मुद्दा टुंगोमा पुगेको हो ।
ललितपुर लगनखेलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर आदालत प्रशासनले ६५.३८३ प्रतिशत मुद्दा टुंगोमा पुर्‍याउन सफल भएको जानकारी दिइएको छ । गत आर्थिक वर्षमा ५८.५४ प्रतिशत मुद्दा फछर्यौट भएको अदालतले तथ्यांक सार्वजनिक गरेको छ ।
यस आर्थिक वर्षभित्र ८ हजार १ सय १६ मुद्दामा ३ हजार ३ सय १३ मुद्दा फछर्यौट गरिएको हो । अदालतमा अब २ बर्षभन्दा पुराना मुद्दा ३ वटा मात्रै बाँकी छ ।
अदालतका न्यायाधिश पुनाराम खनालले २ वर्षभन्दा पुराना ३ मुद्दा अदालती प्रकृयाका कारण मात्रै बाँकी रहेको जानकारी दिएका छन् । भने, ‘हामीले यो बर्ष दु्रत गतिमा काम गरेका छौं । कुनै दिन साँझ अबेरसम्म बसेर समेत काम गरेका छौं ।’
कुल मुद्दामध्ये न्यायाधिश रिताकुमारी बख्रेलले १ हजार १ सय १९ मुद्दा फछर्यौट गरेको तथ्यांक देखिन्छ ।
अदालतका न्यायाधिश खनालले अदालतमा पछिल्लो समय सम्बन्ध विच्छेद,जग्गा जमिनको मामिलाजस्ता मुद्दा धेरै आउने गरेको जानकारी दिएका छन् ।

हाल जिल्लामा ७ न्यायाधिश कार्यरत छन् ।भने कर्मचारी करिव १ सय २० जना कार्यारत रहेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०८२, बिहिबार  १० : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।