२८ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरमा आज शोक विदा



ललितपुर
ललितपुर महानगरले आज शोक विदा दिएको छ । आइतबार अबेर सूचना जारी गर्दै महानगरले ललितपुरका नेता तथा महानगरका पुर्वमेयर बुद्धिराज बज्राचार्यको निधन भएपछि नगरपालिकाको कार्यालय वडा कार्यालयलगायत मातहतका कार्यालयमा आज एक दिन शोक विदा दिएको जानकारी दिएको छ ।उनको शनिबार विहान शिक्षण अस्पताल महाराजगञ्जमा उनको ८९ वर्षको उमेरमा निधन भएको थियो ।

उनका कान्छा छोरा विदेशबाट फर्किएपछि आज अन्त्येष्टि गरिदैछ ।
विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको मेयर भएका थिए । विसं २०२७ मा तत्कालीन ललितपुर पञ्चायत १७ को वडाध्यक्ष, २०३२ सालमा पहिलो पटक ललितपुरको प्रधानपञ्च भई उनले काम गरेका थिए ।
विसं २०४६ मा प्रजातन्त्र आएपछि उनी एमालेबाट २०५४ मा ललितपुरको मेयर भएका थिए ।

व्यापार क्षेत्रबाट पहिचान बनाउँदै राजनीतिमा होमिएका बज्राचार्यले २०३६ देखि २०३७ सालसम्मको ललितपुर उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष, २०३८ सालमा सङ्घको कार्यवाहक अध्यक्ष र २०३९ देखि २०४० सालसम्म अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०८२, आइतबार  ११ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।