ललितखबर
नेपाली चलचित्र उद्योगमा सौगात मल्ल धेरै आशा गरिएका अभिनेता हुन् । उनले अधिकाशं चलचित्रमा दमदार अभिनय देखाएर दर्शकको मन जितेका छन् ।
तर पछिल्लो समय उनी कमजोर प्रस्तुतीसँगै ओझेलमा पर्न थालेको देखिन्छ । चलचित्र ‘सिटामोल’ को ट्रेलरमा उनको अभिनय र चरित्र चित्रण कमजोर देखिएको छ ।
सुदुरपश्चिमको गाँउले जीवनमा आधारित सिनेमामा ठूलो सपना बोकेकी युवती(बेनिशा)सँग विवाहपछि उनको(सौगात)को जीवनमा आएको दुखद क्षणहरु देखाइएको छ ।
चलचित्रको ट्रेलरमा सौगातको भेषभुसाबाहेक सासै फरक अभिनय कला देखिन्न । उनको बोल्ने शैली हाउभाउ समेत सामान्य छ ।
उता चुलबुले गाँउले युवतीको भूमिकामा देखिएकी बेनिशाको छिप्पिएको अनुहारका कारण पटक्कै सुनाएको छैन । उनको अभिनयमा पनि नयाँ कुरा छैन । उही पुरानै पारा देखिन्छ ।
चलचित्रभित्र कमेडी घुसाउन खोजिएको भए पनि हाँस्ने ठाँउ कहाँनिर हो भनेर सोध्नु पर्ने हालत छ । सरसर्ती ट्रेलर हेर्दा राजबहादुर सानेको निर्देशन पक्ष कमजोर हो कि भन्ने आकलन गर्न सकिन्छ ।
नेपाली मनोरञ्जन बजारमा कमेडी,एक्सन थ्रिलर र सेन्टिमेन्टल कथामा बनेका चलचित्रहरु चले पनि फरक विद्यामा दर्शकको आर्कषण छैन ।
मल्टिप्लेक्स हलमा गाँउले जीवनका कथा बिक्न छोडे पनि दुरुस्तै लाग्ने चलचित्र निर्माणको क्रम भने रोकिएको छैन । चलचित्र सिटामोल पनि हिजो प्रर्दशनपछि फ्लप बनेका पुराना चलचित्र जस्तै देखिएको छ ।
राजबहादुर साने निर्देशनमा निर्माण भएको यस चलचित्रमा सौगात र बेनिशासँगै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीलगायतको अभिनय रहेको छ ।
चलचित्र यही साउन २३ गते जनैपूर्णिमाको अवसरमा पारेर प्रर्दशन गर्ने निर्माण पक्षको योजना छ ।








प्रतिक्रिया