१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जनक्रान्ति’ निर्माण हुने, प्रचण्डले सार्वजनिक गरे पोस्टर



काठमाडौं
चलचित्र ‘जनक्रान्ति’ निर्माण हुने भएको छ । गणतन्त्र स्थापनाका लागि भएका ऐतिहासिक जनआन्दोलनको घटनामा आष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका छन् ।

पोस्टर सार्वजनिकपछि पुर्वप्रधानमन्त्री प्रचण्डले चलचित्रले गणतन्त्र स्थापनाको आन्दोलन र त्यसपछिको परिवर्तनबारे नयाँ पुस्तालाई बुझ्न सहयोग पुग्ने बताएका छन् ।

चलचित्रका प्राविधिक र कलाकारहरुलगायतको बारेमा निर्माण पक्षले कुनै जानकारी दिएको छैन ।

चलचित्रको निर्देशन उपेन्द्र तिमिल्सिना रहेका छन् भने निर्माता रुद्रप्रसाद खनाल हुन् । चलचित्रको छायांकन आगामी भदौ दोस्रो साताबाट सुरु हुनेछ ।

 

निर्देशक तिमिल्सिनाका चलचित्रले राजनीतिक इतिहास नयाँ पुस्तालाई बुझाउने जानकारी दिए ।

चलचित्रको छायांकन रुकुम, रोल्पालगायत जिल्लामा हुने छ । चलचित्र रुद्राक्ष फिल्म्स प्रा.लि. को ब्यानरमा निर्माण हुन लागेको हो ।

 

प्रकाशित मिति : १२ श्रावण २०८२, आइतबार  ११ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।