२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘सुख दुःख’मा अभिनेत्री मिथिला शर्मा



 

चलचित्र ‘सुख दुःख’मा अभिनेत्री मिथिला शर्माको अभिनय हेर्न पाइने भएको छ ।

अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्ने चलचित्र ‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध गराइएको हो । आइतबार निर्माण पक्ष र अभिनेत्री शर्माबीच कागजी सम्झौता भएको हो।

अभिनेत्री शर्मालाई अनुबन्ध गर्दै नीताले भनिन्,‘ चलचित्रमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौ । सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो । अब पूर्ण हुने बाटोमा जाँदैछ।’
यसअघि यो चलचित्रका लागि चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका थिए।

नीता ढुंगानाको डेब्यु निर्देशन रहने चलचित्रमा निर्माण व्यवस्थापनको जिम्मा शंकर पाण्डेलाई दिइएको छ ।
निर्देशक ढुङ्गानाले अन्य कलाकारहरुको बारेमा जानकारी सार्वजनिक गरेकी छैनन्।
‘नीता फिल्म्स’को ब्यानरमा बन्न लागेको यो चलचित्र आगामी वर्ष दसैंको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ।

प्रकाशित मिति : १३ श्रावण २०८२, सोमबार  १० : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।