ललितखबर
होस्टेल सिक्वेलबाट नेपाली चलचित्र क्षेत्रमा उदाएका अभिनेता नाजिर हुसेनको भूमिकामा सर्वत्र चर्चा हुन्छ । उनका फ्यानहरुको कुनै कमी पनि छैन । तर नाजिरले बक्स अफिसमा हिट चलचित्र दिन सकेका छैनन् ।
भर्खरै नाजिर केन्द्रमा रहेको चलचित्र ‘गुन्यु चोलो ः द ड्रेस’को ट्रेलरमा सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता नाजिर अनौठो रुप देखिन्छ । एलजिविटीआई (तेश्रो लिङ्गी) समुदायको प्रतिनिधित्व गर्ने नाजिर महिलाको भेषमा देखिएका छन् ।
लिंगीय पहिचान लागि संघर्षरत नाजिर तनावपूर्ण जीवनलाई प्रतिनिधित्व गरेका छन् । ट्रेलर हेर्दा यस अघि नै प्रर्दशनमा आएको चलचित्र एक भागवत एक गीतामा विपिन कार्कीले निभाएको एलजिविटीआई समुदायको कथाको झल्को दिन्छ ।
ट्रेलरमा नाजिरसँगै चलचित्रमा सञ्चिता लुइँटेल, सुशील सिटौला, विशाल पहारीलगायत देखिन्छन् ।
यो चलचित्र नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् । यो चलचित्र अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको चलचित्रको निर्देशन समुन्द्र भट्टको रहेको छ । ‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते प्रर्दशनको तयारीमा छ ।








प्रतिक्रिया