ललितपुर । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले फोक्सोको क्यान्सरसँग जुधिरहेकी ‘एमस नेपाल इन्टरनेसनल २०२३’ की विजेता सीता सुवेदीलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
सुवेदीको हाल सुद्धिग्राम आयुर्वेदिक अस्पताल, भैरहवामा उपचार भइरहेको छ। घिमिरे अस्पतालमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन्।\

सहयोग हस्तान्तरण गर्दै घिमिरेले भने, “उहाँजस्तो सक्षम, सकारात्मक र सक्रिय व्यक्तित्व कठिन परिस्थितिमा रहनु पीडादायक हो। मेरो यो सहयोग सानो भए पनि प्रेरणा र हौसला बन्न सकोस् भन्ने चाहना राखेको छु।”
उनले संकटका बेला अन्य व्यक्तिहरूलाई पनि साथ दिन अपिल गरे। सीताको स्वास्थ्य अवस्था र उपचार प्रक्रियालाई लिएर थप सहयोग जुटाउने पहल आवश्यक रहेको उनले बताए।
प्रतियोगिताका प्रमुख आयोजक निशुकान्त झाले घिमिरेको सहयोग आत्मीय र प्रेरणादायी भएको टिप्पणी गरे।
यसअघि ललितपुरमा आयोजित कार्यक्रममा ‘माग्ने बुढा’ले सुवेदीलाई ५० हजार सहयोग गर्ने घोषणा गरेका थिए। विजेता बनेको छोटो समयमै फोक्सोको क्यान्सर पत्ता लागेपछि सुवेदी निरन्तर उपचारमा रहेकी छन्।
उनको स्वास्थ्य र जीवित प्रेरणाको प्रतीकका रूपमा कलाकार, संघ–संस्था र सर्वसाधारणबाट सहयोगको अपेक्षा गरिएको छ।








प्रतिक्रिया