२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ताराहरू’ ले पायो ‘यू’ सर्टिफिकेट: भदौ ६ गतेदेखि प्रदर्शनमा आउने



काठमाडौं । वेब प्रालिको प्रस्तुति रहेको नेपाली चलचित्र ‘ताराहरू’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) बाट ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ। यसले यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने पारिवारिक फिल्म भएको पुष्टि गरेको छ।

निर्माण पक्षका अनुसार चलचित्र आगामी भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने छ। फिल्मको अवधि २ घण्टा २९ मिनेटको रहेको छ।

चलचित्रमा आशान्त शर्मा, मेनुका प्रधान, कुन्दन शाक्य, मीरा खड्का, प्रभाकर न्यौपाने, आभाष अधिकारी, राज पंगेनी शर्मा, प्रमोद बाबु र विकास खनाल लगायत कलाकारहरूको अभिनय रहेको छ।

‘ताराहरू’ फिल्मको निर्देशन अभिनेता आशान्त शर्माले गरेका हुन् भने निर्माणमा गोपिनी सेढाईँ र कृष्णप्रसाद पंगेनी रहेका छन्। पोस्टर डिजाइन रसिक राज ले गरेका हुन्।

निर्देशक शर्माका अनुसार, यो चलचित्र मध्यम वर्गीय परिवारको जीवन, संघर्ष र सपनालाई डार्क कमेडी शैलीमा प्रस्तुत गरिएको छ। चलचित्रको मूल कथा श्रीमान्–श्रीमतीको वरिपरि केन्द्रित भए पनि किशोर–किशोरी पात्रहरूले सबै उमेर र वर्गका दर्शकका लागि यो चलचित्र रोचक र प्रेरणादायी हुने विश्वास निर्माण पक्षको छ।

फिल्ममा एक मध्यम वर्गीय व्यक्ति आफ्नो सपना पूरा गर्नका लागि गर्ने संघर्ष, त्यस क्रममा आइपर्ने सामाजिक र मानसिक अवरोध, र त्यस्ता अवस्थाले जीवनलाई कसरी मोड दिन्छ भन्ने कथा समेटिएको छ।

‘ताराहरू’ एक मनोरञ्जनात्मक र सोच जगाउने फिल्मका रूपमा अगाडि आउने निर्माण पक्षले दाबी गरेको छ।

प्रकाशित मिति : २१ श्रावण २०८२, मंगलबार  ४ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।