अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’ले ५१ लाख लिएको भन्दै निर्माता मुनाल घिमिरेले ७ लाख ५० हजार कर तिरेको प्रमाण सार्वजनिक भएको छ ।
एपी वान राष्ट्रिय टेलिभिजनको रजतपट कार्यक्रममार्फत कर तिरेको भौचर सार्वजनिक भएको हो । कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदीले निर्माता घिमिरेले कर तिरेको प्रमाण भन्दै भौचर लिएर कार्यालय आएको बताएका छन् । टेलिभिजनमार्फत कर तिरेको अर्थकट्टी समेत प्रशारणमा आएको छ ।
अर्धकट्टीमा कर कार्यालयको छाप समेत छ । अर्धकट्टीमा कर कार्यालयको पारिश्रमिक आय कर अन्र्तगत संकेत नम्बर ११११२ मा ७ लाख ५० हजार तिरेको देखिन्छ ।
एक कार्यक्रममा निर्माता मुनाल घिमिरेले चलचित्रका मुख्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’लाई ५१ लाख दिइएको र बाँकी १० लाख उधारो रहेको बताएका थिए । सधैं सहायक कमेडी भूमिका(जोकर)मा अभिनय गर्दै आएका कलाकार माग्नेबुढालाई अहिलेसम्मकै सर्वाधिक धेरै ६१ लाख पारिश्रमिक दिइएको भन्दै चर्चा चुलिएको थियो । सामान्य कलाकारका रुपमा चलचित्र क्षेत्रमा सक्रिय हास्य कलाकारलाई धेरै पारिश्रमिक दिएर चलचित्र क्षेत्रलाई जोखिम बढाएको भन्दै आलोचना समेत भएको थियो । धेरैले कलाकार माग्नेबुढाको पारिश्रमिकको भारका कारण करिअरमै असर पर्ने प्रक्षेपण गरेको सुनिन्थ्यो ।
चलचित्र क्षेत्रमा कलाकार माग्नेबुढाको पारिश्रमिक विवाद बढेपछि केदार घिमिरे माग्नेबुढाले आफूले ५१ लाख पारिश्रमिक नलिएको र निर्माता घिमिरेले झुटो कुरा सञ्चारमाध्यमहरुमा बोलेको भन्दै प्रतिवाद गरेका थिए ।
पारिश्रमिक विवाद बढ्दै जाँदा निर्माता घिमिरेले आफू चलचित्र प्रर्दशनको उक हप्ताअघि प्रमाण लिएर आउने बताउदै आएका छन् ।
निर्माता घिमिरेले पारिश्रमिक दिएको प्रमाण पनि सार्वजनिक गर्ने बताएका छन् ।
पारिश्रमिक तिरेको विषयमा कलाकार माग्नेबुढाले भने कुनै प्रतिकृया दिएका छैनन् ।
३१ श्रावण २०८२, शुक्रबार
256
Shares








प्रतिक्रिया