ललितखबर
कोइलीको कुहु कुहूबाट सुरु हुने चलचित्र कोशेढुंगाको ट्रेलर भर्खरै सामाजिक सञ्जाल युट्युवमा सार्वजनिक भएको छ ।
प्राविधिक शाहिल खानले चलाखीपूर्ण तरिकाले काटेको ट्रेलरमा कस्तो खाले कथा समेटिएको छ भन्ने कुनै छनक दिदैन ।
मञ्जिल कुमार र सुरक्षा पन्तको जोडी देखिने ट्रेलरमा आर्यन सिग्देलसँगै अभिनेत्री नीति शाहको सँगै अभिनय गरिरहेका देखिन्छन् ।
ट्रेलर हेर्दा महिला प्रधान चलचित्र बनेको बुझ्न कठीन पर्दैन । अभिनेत्री सुरक्षा पन्त चुलबुले र अति जान्ने सुन्ने(अजासु) चरित्रमा देखिन्छिन् ।
‘पूर्ण बहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक ब्लकबस्टर चलचित्र निर्देशक गरेका सरोज पौडेलको निर्देशक रहेको चलचित्र कोशेढुंगा नेपाली माटोका कथामा बनेको प्रष्ट छ । मौलिक कथालाई आधार बनाइएको चलचित्र कोशेढुंगामा पात्रहरुको संर्घषपूर्ण जीवनले रोचक बनेको छ भनेर ठम्याउन सकिन्छ ।
चलचित्रको ट्रेलरको सुरु कमेडी शैलीमा अघि बढाइएको छ भने विस्तारै उतारचढाव ल्याइएको छ ।
चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिल कुमार, सरोज खनाल, हिउँवाला गौतम, सिरु बिष्ट, दिनेश काफ्ले, सविन कट्टेल लगायतका कलाकारहरुको अभिनय छ ।
सुनिल निउरे, सुबलमणी सापकोटा, अर्सित वुढाथोकीको पटकथा रहेको चलचित्रमा प्रविल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन् ।








प्रतिक्रिया